मन्त्री झाँक्री अस्पताल भर्ना

मन्त्री झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ मन्त्रीमा ज्वरो तथा निमोनियाका लक्षण देखापरेपछि हिजो बेलुकी अस्पताल भर्ना गरिएको मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले बताउनुभएको छ ।

जनआस्थासँग शर्माले मन्त्री र उहाँका सचिव रमेशप्रसाद सिंहको स्वास्थ्यमा समेत समस्या देखिएको बताउनुभयो । ‘स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि मन्त्रीसँगको भेटघाटमा रोक लगाइएको थियो,’ उहाँले भन्नुभयो ।

हाल स्वास्थ्य परीक्षण भइरहेको छ । रिपोर्टहरू आउन बाँकी रहेकाले के भएको हो भन्नेबारे अहिले नै ठ्याक्कै बताउन नसकिने सहसचिव शर्माले बताउनुभयो ।

टिप्पणीहरू