प्रधानन्यायाधीश राणा २८ वटा मुद्दा छिनोफानो गर्ने मुडमा तर..

प्रधानन्यायाधीश राणा २८ वटा मुद्दा छिनोफानो गर्ने मुडमा तर..

सहकर्मी न्यायाधीशहरु र अधिवक्ताहरुले इजलास बहिष्कार गर्दै आए पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आज २८ वटा मुद्दा किनारा लगाउने योजना बनाउनुभएको थियो । उहाँको एकल इजलासमा आज २८ वटा मुद्दाको पेशी तोक्नुभएको हो ।

प्रधानन्यायाधीशले १ नम्बरको इजलासमा आज २८ वटा मुद्दाको पेशी तोकेर सुनुवाई गर्न लाग्दा स्वतः रोक्नुपर्ने अवस्था आएको हो । ती मुद्दाहरुमध्ये लागुऔषध खैरो हेरोइन,उत्प्रेषण,उत्प्रेषण परमादेशलगायत थिए ।

आज राणाले आठ वटा इजलास तोक्नुभएको छ । ती संयुक्त, बृहत,एकल हुन् । हिजो राणाले आफ्नो एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गर्नुभएको थियो । इजलासबाट उठ्दै गर्दा आफूबारे उठेका प्रश्नको आज जवाफ दिने बताउनुभएको थियो ।

सर्वाेच्चका अन्य न्यायाधीशहरुले भने आइतबारको खाजाको समयपछि इजलास बंक गर्दै आएका छन् । अर्कोतर्फ वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्मले इजलास बहिष्कार गर्ने बताउँदै आएका छन् ।

टिप्पणीहरू