महेन्द्र जयन्तीको दिन नेपाली काँग्रेसको महाधिवेशन

महेन्द्र जयन्तीको दिन नेपाली काँग्रेसको महाधिवेशन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन पुनः सरेको छ । यसअघि मंसिर पहिलो साताको मिति तोकिएकोमा अब मंसिर अन्तिम र पुस १ गते पुर्याइएको छ ।

नयाँ कार्यतालिकाअनुसार कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । यसअघि वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा नयाँ मिति तोकिएको हो । त्यसपछि मंसिर ३ गते प्रदेशसभा अधिवेशन र मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशनको मिति तय गरिएको छ ।

मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन र मंसिर २७ देखि पौष १ गतेसम्म केन्द्रीय महाधिवेशन हुने गरी नयाँ कार्यतालिका तोकिएको हो ।

टिप्पणीहरू