सैनिक श्रीमती संघको नेतृत्वमा जनजाति शून्य

सैनिक श्रीमती संघको नेतृत्वमा जनजाति शून्य

नयाँ प्रधानसेनापतिको नियुक्तिपछि सैनिक श्रीमती संघको कार्यसमिति पनि परिवर्तन हुने परम्पराअनुसार निर्विरोध निर्वाचित नयाँ कार्यसमिति अध्यक्षमा श्रीमती सुनिता शर्मा र उपाध्यक्षमा श्रीमती मनिषा कार्की हुनुहुन्छ ।

सचिवमा श्रीमती सोभना पौड्याल,कोषाध्यक्षमा श्रीमती सगुन राणा,सहसचिवमा श्रीमती सुनिता सापकोटा,सहकोषाध्यक्षमा श्रीमती संगीता भण्डारी छानिनुभएको छ ।

यसैगरी सदस्यमा श्रीमती लक्ष्मीकुमारी पन्त (ढकाल),श्रीमती कविताकुमारी ढकाल,श्रीमती सरस्वती केसी (बैदवार),श्रीमती प्रमिला कार्की,श्रीमती बनी बिष्ट, सुधा शर्मा (अधिकारी), उमा थापा (बिष्ट), श्रीमती प्रमिला तिवारी (ढुङ्गाना) चयन हुनुभएको छ ।

कार्यसमितिका १४ जनामा सात जना ब्राह्मण र ७ जना छेत्री समुदायका छन् । तर जनजातिको उपस्थिति भने शून्य रहेको देखिएको छ । नेपाली सेनामा यतिखेर झण्डै ५० प्रतिशत जनजाति समुदायका अधिकृत छन् ।

तर वर्तमान अवस्थामा श्रीमती संघको कार्यसमितिमा जनजाति शून्य हुनुले समावेशिताको सिध्दान्तमाथि भित्रभित्रैबप्रश्न उठाइएको बताइन्छ ।

टिप्पणीहरू