पौने करोड बैंकिङ कसूर मुद्दाकी फरार महिला समातिइन्

पौने करोड बैंकिङ कसूर मुद्दाकी फरार महिला समातिइन्

झण्डै पौने करोड रुपैयाँ बैंकिङ कसुरमा फरार अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ घर भई काठमाडौंको टोखा ५, बसुन्धारा बस्ने अप्सरा खातुनलाई आज प्रहरीले पक्रेको छ ।

३५ वर्षीया खातुनले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पनि चेकबाट भुक्तानी गर्ने भन्दै दुई वर्षअघि झुक्याएर चेक भिडाएकी थिइन् । उच्चअदालत पाटनले अघिल्लो वर्ष मंसिर १६ गते उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ (सात) दिन कैद र ७३ लाख ५० हजार जरिवाना फैसला गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चुनिखेलबाट पक्राउ गरी खातुनलाई फैसला कार्यान्वयनको निम्ति आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

टिप्पणीहरू