मंसिरदेखि विद्धुतको नयाँ महसुल लागू

मंसिरदेखि विद्धुतको नयाँ महसुल लागू

आगामी मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने हुने छ । विधुत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो ।

नयाँ महसुल दरअनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शु:ल्क लाग्ने छैन भने न्युनतम मासिक शु:ल्क ३० रुपैयाँ मात्र तिरे पुग्नेछ । त्यस्तै, सिंगल फेजबाट १५१ देखि २५० युनिटसम्म खपत गर्नेलाई इनर्जी शु:ल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

आयोगले इन्डक्सन चुलो तथा विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा समेत महसुल दर घटाएको छ । इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगले बताएको छ ।

अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने क्रमश: २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ ।

त्यस्तै, जनसंख्याको ठूलो हिस्सा अझै पनि कृषिमा आश्रित भएकाले सिचाँइ उपभोक्ताको हकमा औसत ४९.६९ दरले महशुल घटाइएको आयोगले जनाएको छ ।[pdf-embedder url=”https:/sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/10/naya-mahasul-converted.pdf” title=”naya mahasul-converted”]

टिप्पणीहरू