राजीनामा घोषणा गरेका अल्मुताइरी नेपाल फर्किए

राजीनामा घोषणा गरेका अल्मुताइरी नेपाल फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थप ३ वर्ष नेपाली नेपाली फुटबल सम्हाल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको लामो छलफलपछि मुताइरी ३ वर्षका लागि सम्झौता थप्न राजी हुनुभएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको छलफलपछि मुख्य प्रशिक्षकका रुपमा नेपाली टीम सम्हाने निर्णयमा पुगेको अल्मुताइरीले बताउनुभएको छ । सम्झौता थप गरिएकोबारे उहाँले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिनुभएको हो । उहाँले आगामी २ वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने समेत बताउनुभएको छ ।

अलमुताइरीले नेपाली समर्थकहरुले आफूप्रति देखाएको माया र समर्थन महत्त्वपूर्ण रहेको बताउँदै नेपाली फुटबलको विकासमा योगदान गर्ने वाचा पनि गर्नुभएको छ ।

यसअघि अल्मुताइरीले नेपाली टोलि साफ च्यम्पिएनसिपको फाइनलमा प्रवेश गरेसँगै प्रशिक्षकबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । लगत्तै उहाँको राजीनामा फिर्ता गराउन एन्फाका अध्यक्ष शेर्पा कतार पुग्नुभएको थियो ।

टिप्पणीहरू