​गोप्य भेटको के हो गुह्य ?

हेलिकोप्टर र मिडिया व्यवसायी क्याप्टेन रामेश्वर थापाले सरकार बन्नु केही दिनअघि ओली र प्रचण्डबीच बढेको तिक्ततालाई मत्थर पार्ने प्रयत्न गरेका छन् । एकीकरण हुने क्रममा संख्याको विवाद आउन थालेपछि प्रचण्डले अघिल्लो साता थापालाई बोलाएर प्रधानमन्त्री ओलीलाई सम्झाइदिन आग्रह गरेको स्रोतले बतायो । सोही बमोजिम भारत जानुअघि उनले प्रधानमन्त्रीलाई भेटेर सो खबर सबिस्तार सुनाएका थिए । थापाको बालुवाटार छिर्ने क्रमसमेत पछिल्लो समय बाक्लिएको सुरक्षाकर्मी बताउँछन् । किन थापाले प्रचण्ड र ओलीलाई भेटिरहन्छन्, के स्वार्थ छ ? 

‘रामेश्वर थापा आएपछि हामीलाई बाहिर निकालेर अध्यक्षज्यूले छलफल गर्नुहुन्छ’, प्रचण्डनिकट एक नेताले भने, ‘हामीले समय माग्दा पाउनै गाह्रो तर रामेश्वरले तुरुन्त पाउने ।’ थापालाई प्रचण्डका पिए जोखबहादुर महरा, सन्तु दराई र ओलीका पिए राजेश बज्राचार्यलगायतले तत्काल समय मिलाइदिने गरेका छन् ।

टिप्पणीहरू