अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाले राष्ट्रिय सुरक्षा खतराको कारण देखाउँदै चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको लाइसेन्स खारेज गरेको छ । योसँगै चाइना टेलिकमले अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्नुपर्ने भएको छ ।

बीबीसीका अनुसार चिनियाँ सरकारको नियन्त्रणमा रहेको टेलिकम कम्पनीले अमेरिकाको सञ्चारमा पहुँच दिने डेटा,डेटा स्टोर गर्ने,अवरोध सिर्जना गर्न सक्ने अधिकारीहरुको चेतावनीपछि अमेरिकाले प्रतिवन्ध लगाउने निर्णय गरेको हो । अमेरिकाविरुद्ध हुन सक्ने हानिकारक गतिविधि नियन्त्रणको लागि यो कदम चालिएको उसको दावी छ ।

अमेरिकामा करिब २० वर्षदेखि दूरसञ्चार सेवा प्रदान गर्दै आएको चाइना टेलिकमले यो निर्णयलाई ‘निराशाजनक’ भनेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले अमेरिकामा आफ्नो सेवा जारी राख्न सक्दो प्रयास गर्ने पनि बताएको छ ।

चाइना टेलिकमका विश्वका ११० मुलुकमा लाखौं प्रयोगकर्ता छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चीनका उपप्रधानमन्त्री लिउ हेसँग विश्व अर्थतन्त्रको अवस्थाबारे कुरा गरेको केही घण्टापछि यो निर्णय गरिएको हो ।

टिप्पणीहरू