अष्टलक्ष्मीले अहिले मुख्यमन्त्री छाड्नु हुँदै

अष्टलक्ष्मीले अहिले मुख्यमन्त्री छाड्नु हुँदै

सरकार प्रष्ट अल्पमतमा परेपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिन लाग्नुभएको छ । प्रदेशसभाको अंकगणित आफू अनुकूल नहुने भएपछि शाक्यले राजीनामा दिने निर्णय गर्नुभएको हो।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने र त्यहीँबाट राजीनामाको घोषणा गर्ने तयारी भएको छ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ । सरकारको नेतृत्व गरेको दल विभाजन भए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराउनुभएको हो । उक्त प्रस्तावमा मत विभाजन गर्नुअगाडि नै शाक्यले राजीनामा दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री शाक्यले अहिले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू