आन्तरिक पर्यटक तान्न लालटिन देखाइयो

आन्तरिक पर्यटक तान्न लालटिन देखाइयो

थाइल्याण्डको लाम्फुन प्रान्तको ह्यरीपुचाइमा लालटिन महोत्सवको आयोजना गरिएको छ । पर्यटकलाई आकर्षित गर्न र शुभकामना आदानप्रदान गर्न लालटिन कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

जताततै झुण्डाइएको लालटिनले थाइल्याण्डको लाम्फुन शहरलाई उज्यालो बनाइदिएको छ । पर्यटकहरु सेल्फी खिच्दै र रमाइलो गर्दै गरेको देखिन्छ । कोरोना महामारीअघि विदेशी पर्यटकको घुईंचो लाग्ने गरेको थाइल्याण्डमा २० महिनादेखि विदेशी पर्यटक पुगेका छैनन् ।महामारी बिस्तारै कम हुन थालेपछि अहिले आन्तरिक पर्यटकहरु आन्तरिक पर्यटनमा व्यस्त हुन थालेका छन् । यो लालटिन महोत्सव पनि आन्तरिक पर्यटक लक्षित रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू