सिसडोलमा तनाव : दशैंपछि राजधानीको फोहोर जहाँको त्यहीँ

सिसडोलमा तनाव : दशैंपछि राजधानीको फोहोर जहाँको त्यहीँ

राजधानी काठमाडौंको फोहोर कात्तिक लागेदेखि उठाइएको छैन । यसबीचमा चोक–गल्ली र सडक किनारमा फोहोरका डंगुर थुप्रिन थालेको छ । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिँदा फोहोर उठ्न नसकेको हो ।

कहिले झरीको त कहिले सिसडोलका स्थानीयहरुको मागका कारण फोहोर नउठ्ने समस्या उपत्यकाबासीले सहनुपरेको सरकारी र जनप्रतिनिधिहरु बताउँछन् । दशैंदेखि घरमा थुप्रिएको फोहोर फेरि बाटोमा ल्याएर फाल्नुपर्ने स्थिति उत्पन्न भएको छ छ ।

बाटो पुर्ण रुपमा निर्माण गरिकन फोहोर फ्यालिएको हुनाले पनि फोहोर व्यवस्थापनको समस्या नियमित रुपमा बल्झिरहेको छ । यता, सिसडोलका स्थानीयबासीहरुले बेलाबेलामा आफ्ना माग राख्दै बाटो अवरोध गर्ने गरेको छन् । तर यससंग सम्बन्धित निकाय बेखबर झै बसिरहेको छ । गत साउनमा मात्रै फोहोर व्यवस्थापनलाई लिएर चर्को विवाद भएको थियो ।

उपत्यकाको फोहोर नउठ्दा बानेश्वर चोकमा फेरि फोहोरको थुप्रिन थालिसकेको छ । सिसडोलका स्थानीयले हिजो पनि फोहोरको गाडी जान नदिएपछि फोहोर फाल्ने काममा अवरोध भएको काठमाडौ महानगरपालिकाका सूचना अधिकारी वसन्त अधिकारीले बताउनुभयो ।

झरीले मात्र नभएर अन्य कारणले पनि हरेक वर्ष फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । तर यस किसिमको चुनौतीको ठोस निराकरणको लागि कुनै विकल्प अघि सारिएको देखिएको छैन ।

चाडबाड मनाएसँगै राजधानीका सर्वसाधारणलाई एकपल्ट पुनः फोहोरसँग समन्वय र सम्झौता गर्नुपर्ने वाध्यताको सिर्जना भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाका १८ वटै स्थानीय तहको फोहार सिसडोलमा पुर्याइने गरिएको छ ।

टिप्पणीहरू