​हँसाउनेहरू नै हत्तु

कुनै समय थियो हास्यटेलिशृंखलामा नेपाल टेलिभिजनको राज थियो । तीतो सत्य, मेरी बास्सै, जिरे खुसार्नीलगायत टेलिशृंखलाहरू त्यहीँबाट प्रसारण हुन्थे । तर, नेपाली हास्यकलाकारिता क्षेत्रमा जोडी फुट्ने रोग यसरी सल्कियो कि यही कारण जोडी तितर–वितर भए । कुनै समय खेम शर्मा–शिवहरि पौडेल, जितु नेपाल–दमन रूपाखेती, किरण केसी–राजाराम पौडेल आदिको जोडी जम्थ्यो । जो लामो समय टिक्न सकेन । पछिल्लो पटक केदार घिमिरे (माग्नेबूढो) र सीताराम कट्टेल (धुर्मुस)को जोडी जम्यो । बीचमा सोम धितालहरू हाबी भइदिँदा यो जोडी पनि लामो समय टिक्न सकेन् । अवस्था यस्तो आयो कि पुर्ननिर्माणका धुर्मुसले हात लिएर चर्चा कमाइरहँदा अर्काे सहयात्री डिप्रेसनमा थलिए । यसरी कलाकार फुट्ने र जुट्ने हुँदा त्यसको असरचाहिँ टेलिशृंखलामा परेको छ । अहिले तीनवटा टेलिभिजनबाट प्रसारण हुने तीन वटा टेलिशृंखलाबीच तीव्र प्रतिस्पर्धा छ ।

मिडिया हबले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने करोडौं रकम नतिरे पनि त्यहाँबाट भद्रगोल टेलिशृंखला चलाउँदै आएको छ । जहाँबाट केही समयअघि मात्र धुर्मुसका भाइ कुमार कट्टेलहरूलाई सोम धितालले किकआउट गरी शंकर आचार्यलाई निर्देशकका रूपमा भिœयाएका थिए । यस्तै, कान्तिपुरका लागि हर्के हवल्दारको परिकल्पना गरेर चर्चा कमाएका डिठ्ठा सावलाई गलहत्याइयो । र, अहिले किशोर भण्डारी अर्थात् डिठ्ठा साव चंगा नामक चलचित्र निर्माण गर्ने तयारी गर्दै छन् । कान्तिपुरबाट प्रसारण हुने हर्के हवल्दारजस्तै अर्काे चर्चित टेलिशृंखला हो, क्या जमाना आ । नेपाल टेलिभिजनमा आफैं निर्माता, निर्देशक रहेर कलाकारले आफ्नै खर्चमा निर्माण गरेर प्रसारण गर्दै आएको के जमाना आ सो टेलिभिजनबाट बाहिरिएर अहिले एपिवानबाट प्रसारण हुन थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखलामध्ये अहिले यी तीन शृंखलाबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

टिप्पणीहरू