अमेरिकासँग उत्तर कोरिया आगो

अमेरिकासँग उत्तर कोरिया आगो

हालै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर) ले प्रक्षेपण गरेको नयाँ प्रकारको ब्यालिस्टिक मिसाइललाई लिएर संयुक्त राज्य अमेरिकाले अनावश्यक टिप्पणी गरेको आरोप उत्तर कोरियाले लगाएको छ ।

अक्टोबर १९ मा परीक्षण गरिएको नयाँ मिसाइल समुद्री बेडाबाट प्रक्षेपण गर्ने गरी बनाइएको थियो । यो मिसाइल प्रक्षेपण सुरक्षा विज्ञानअन्तर्गतको नियमित प्रक्रिया भएको र कुनै छिमेकी राष्ट्रलाई तर्साउन वा कुनै निश्चित क्षेत्रमा अशान्ति पैदा गर्न गरिएको कार्य नभएको उसले स्पष्ट पारेको छ ।

त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रले आफ्नो आत्मसुरक्षाका निम्ति गरेको यो अभ्यासलाई लिएर आएको अमेरिकी प्रतिक्रिया अस्वाभाविक छ ।

हामी पुनः यो कुरा स्पष्ट पार्न चाहन्छौं कि हामी युद्ध चाहन्नौं न कुनै क्षेत्रमा अशान्ति चाहन्छौं । हाम्रो यो कार्य अमेरिका र दक्षिण कोरियातर्फ लक्ष्यित छैन, त्यसैले अमेरिकाले चिन्ता लिनु आवश्यक पनि छैन ।

यो अमेरिकाको दोहोरो चरित्रबाहेक केही होइन किनभने हामीले विकास गरेका क्षेप्यास्त्र अमेरिका आफँैले पनि बनाइसकेको छ । यदि, अमेरिकाले हामीले आफ्नो अत्मरक्षाका निम्ति गरेको अभ्यासलाई लिएर हस्तक्षेप नगर्ने हो भने कोरयाली प्रायद्वीपमा अशान्ति नहुनेमा हामी विश्वास दिलाउन चाहन्छौं ।’

टिप्पणीहरू