साफ च्याम्पियनसिपको उपविजेता टोली सम्मानित हुँदै

साफ च्याम्पियनसिपको उपविजेता टोली सम्मानित हुँदै

माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले सम्मान गर्दै हुनुहुन्छ । सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको नेपाली टोलीलाई मन्त्री खाँणले सम्मान गर्न लाग्नुभएको हो ।

गृहमन्त्रालय स्रोतकाअनुसार आज दिउँसो १ बजे मन्त्री खाँणले खेलाडीहरुलाई सम्मान तथा शुभकामना दिनुहुने छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा नेपाली काँग्रेस तरुण विभाग केन्द्रीय समिति, पानीपोखरीको आयोजनामा उक्त सम्मान कार्यक्रम गर्न लागिएको हो ।

साथै फुटबलप्रेमी सम्पूर्णलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरिएको छ ।

टिप्पणीहरू