के कारणले घण्टौं लम्बियो नेपाल बारको बैठक ?

के कारणले घण्टौं लम्बियो नेपाल बारको बैठक ?

हिजो दिउँसोदेखि शुरु भएको नेपाल बारको बैठक साँझ अबेरसम्म बस्यो । आखिर किन लम्बियो बैठक भनेर जनआस्थाले सोधेको जिज्ञासामा एक जना पदाधिकारीले भने, ‘प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरियो । सर्वसम्मत निर्णय गराउन अलि समय लागेको हो ।’

बैठकमा प्रधानन्यायाधीशले राजीनामा गरेर सहज निकास नदिए नेपाल बार आन्दोलनमा जानेसमेत भनिएको छ । तर, आन्दोलनको ठ्याक्कै स्वरुप भने तय भैनसकेको बुझिएको छ ।

‘सर्वोच्च अदालतका न्यायाधीशको संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको संलग्नता र न्याय परिषद्को संरचनासम्बन्धी व्यवस्थाले अहिलेको अवस्था आएको हो ।’

बार बैठकले न्यायपालिकामा अहिले देखिएकोजस्तो गम्भीर परिस्थिति आउनुको कारणमा संविधानका केही व्यवस्थातर्फ इंगित गरेको छ । राजनीतिक हस्तक्षेपको कारण अहिलेको अवस्था आएको उनीहरुको ठहर छ ।बैठकले भनेको छ,‘सर्वोच्च अदालतका न्यायाधीशको संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको संलग्नता र न्याय परिषद्को संरचनासम्बन्धी व्यवस्थाले अहिलेको अवस्था आएको हो ।’

बारको बैठकले प्रधानन्यायाधीशको राजीनामा आउने विश्वास राखेको छ । राजीनामा नभएमा तत्काल बैठक राखेर मुलुकभरका बार इकाइमार्फत् आन्दोलनको कार्यक्रम घोषणा गरिने सहमति भएको छ ।

टिप्पणीहरू