कृष्णगोपालको घर नजिकै एकीकृत समाजवादीको कार्यालय « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

कृष्णगोपालको घर नजिकै एकीकृत समाजवादीको कार्यालय

प्रकाशित मिति :  १० कार्तिक २०७८, बुधबार ०९:५०


आज नेकपा एकीकृत समाजवादीले कीर्तिपुरमा आफ्नो कार्यालय उद्घाटन गर्ने भएको छ । उक्त पार्टीले कीर्तिपुर नगर कमिटीको कार्यालय पाँगा दोबाटोमा स्थापना गरेको हो । दिउँसो साढे ४ बजे कार्यालयको विधिवत उद्घाटन हुने जनाइएको छ ।

आज नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको स्थापना दिवस हो । सो अवसरमा दलको दक्षिणकाली नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान ७ बजेदेखि स्थानीय घट्टेचौर खहरेमा कार्यक्रम शुरु भइसकेको छ ।

तरुण दल केन्द्रीय समितिले साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका नेपाली राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । दिउँसो १ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा हुने तरुण दलले जानकारी गराएको छ ।

त्यसैगरी तरुण दल भक्तपुर नगर कार्यसमितिले आज साँझ दीप प्रज्वलन कार्यक्रम राखेको छ । कार्यक्रम तौमडीस्थित पाँचतले मन्दिरमा बेलुकी ५ बजे बत्ती बाल्न लागिएको हो ।

यता नेपाल दुग्ध विकास संस्थानमा कर्मचारीहरुले २० बुँदे माग पूरा नभएको बिरोधमा धर्ना गर्दै आएका छन् । बिरोध कार्यक्रम आज पनि बिहान १० बजेदेखि संस्थानको केन्द्रीय कार्यालय, लैनचौरमा हुँदैछ ।

आज दिउँसो साढे १२ बजे संसदको उद्योग,वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक डाकिएको छ । बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि भन्दै नागरिक प्रदर्शन गर्ने भएको छ । उसले अपरान्ह साढे ४ बजे माइतीघर मण्डलामा कार्यक्रम गर्न लागेको हो ।

नेपाली काँग्रेसको मुख्यालयमा झण्डै १ सय दिनदेखि हुँदै आएको बिरोध कार्यक्रम आज पनि जारी छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेदेखि हुन लागेको हो ।

सीके राउतको जनमत पार्टीले आज देशैभरका पालिकाहरुको हरेक वडामा आन्दोलन समिति बनाउने, कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने तयारी गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !