अदालतको विवादवारे सर्वोच्चका कर्मचारी के भन्छन् ?

अदालतको विवादवारे सर्वोच्चका कर्मचारी के भन्छन् ?

सर्वोच्च अदालतका कर्मचारीहरुले अदालतभित्र देखिएका विकृति अन्त्य गर्ने सम्बन्धमा जिम्मेवारी र गम्भिरतापूर्वक समाधान निकाल्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारी युनियनहरुले पछिल्लो समय न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको र अदालतभित्र देखिएका विकृति तथा विसंगति हटाउन प्रधानन्यायाधीश तथा न्यायाधीशहरु थप जिम्मेवार हुनुपर्ने बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति र विसंगति अन्त्य गर्नेसम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गर्दछौं ।’

न्यायपालिकाको स्वतन्त्रता रक्षा एवम् सर्वसाधारणको न्याय पाउने अधिकार संरक्षणका लागि आन्दोलन गर्न बाध्य हुने युनियनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

टिप्पणीहरू