विश्व राजनीतिमा लोभले निम्त्याउने लिडरसीपमाथिको लफडा

नेपाली राजनीति र समाजमा लोभले विलाप बनाएका धेरै वटा उदाहरण छन् । त्यसैगरी लामो समयदेखि राजनीतिमा गतिलो लिडरसीपको अभाव खट्किएको देखिँदैछ ।

राजनीतिक विश्लेषकहरुका अनुसार चरम महत्वाकांक्षाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई बहुमतको सरकार र शक्तिशाली नेकपाको अध्यक्षबाट सर्लक्क साइड लगाएको छ । यता, सत्ताको बागडोर सम्हालेको सय दिन पुग्दा नपुग्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि त्यहि मार्गमा अग्रसर हुनुहुन्छ ।

ओली सरकारको सर्वसत्तावादको विकल्पमा बनेको वर्तमान सत्ता गठबन्धनमा खटपटको खतरा बढेको छ । केन्द्रमा प्रधानमन्त्री सिङ्गै लिएर पनि काँग्रेसले बागमतीको मुख्यमन्त्री पदमा लोभ देखाएको छ । गण्डकीमा उसले पाउँदै नपाउने मुख्यमन्त्री ओगटेको छ । कर्णालीमा पनि लोभ देखाउन थालेको छ । १ नम्बर प्रदेशमा समेत अत्तो थापेको सन्दर्भ बाहिरिएको छ ।

“भारतमा मोदीले कम्तिमा पार्टी अध्यक्ष भइसकेका राजनाथ सिंहलाई रक्षा मन्त्री बनाएर राखेका छन् । पूर्वअध्यक्ष अमित शाहलाई गृहमन्त्री बनाइएको छ ।”

यसअघि २०४८ सालपछि गिरिजाप्रसाद कोइराला सरकारले सर्वसत्तावाद अपनाएको आरोप थियो । काँग्रेसभित्रको विग्रहका कारण २०५१ सालमा मध्यावधि चुनाव भयो । अहिले ओलीको सर्वसत्तावादविरुध्द पछिल्लो गठबन्धन बनेको हो । हालका प्रधानमन्त्रीको प्रवृत्ति पनि त्यस्तै देखिएको छ । सबैतिर एउटै नेचर देखिएकाले न्यायालयमा समेत त्यहि प्रवृत्ति घुसेको भन्न थालिएको छ ।

लोभले लाभ,लाभले विलाप गर्दा नेपालको राजनीति कहाँ र कहिले बिग्रियो ? यसअघि तत्कालीन राजा ज्ञानेन्द्रले पनि अनावश्यक लोभ राखेकै हुन् । त्यहि लोभले २४० बर्षको राजसंस्था सिध्दियो । त्यसअघि राजा वीरेन्द्रले भने थोरै लोभ गरेकाले अवस्था ठीकठीकै देखिन्थ्यो । तर राजा ज्ञानेन्द्रले अति महत्वाकांक्षासहित सत्ता हातमा लिँदा एकाध वर्षमा सिंहासन नै उडेको दृष्टान्त हाम्रै सामु छ ।

उनले दक्षिण एसियाली सहयोग संगठन सार्कको भूराजनीतिक अवस्थालाई मिहीन ढंगले नबुझ्दा क्षेत्रीय राजनीतिबाट विमुख बन्न पुगे । त्यतिबेला चीन र जापानलाई पनि सार्कमा भित्र्याउने र अमेरिकालाई पर्यवेक्षक बनाउने लंगडो राजनीति गरेका कारण क्षेत्रीय राजनीतिबाट एक्लिएका थिए । त्यसपछि मुलुकभित्रका ठूला राजनीतिक दललाई ठेगान लगाएर माओवादीलाई ठोक्ने अनि आफू बलियो हुन्छु भन्ने योजनाले राजसंस्था नै सकिएको हो ।

“बाहुबलको प्रदर्शन गर्नै परे पनि एकांकी रुपमा नगर्ने हुनुपर्छ । सामूहिक नेतृत्वको रुपमा अघि बढ्नुपर्नेमा राजाको शैलीमा सबै अघि बढ्दा मुलुकमा सर्वत्र डाँवाडोल भएको भान हुन्छ ।”

गत असारसम्म जताततै प्रभाव रहेको ओली सरकार पनि सर्वसत्तावादको कारण सकिएको बताइन्छ । अहिले प्रधानमन्त्री देउवामा पनि त्यहि प्रवृत्ति देखिँदैछ । गठबन्धन साझेदार दलका नेताहरुका अनुसार वर्तमान प्रधानमन्त्रीले एक्लौटी निर्णय गर्न थाल्नुभएको छ ।

चुनावको मुखमा सबैजसो जिल्लामा सिडियोहरु एक्लौटी सरुवा गरिएको छ । विगतमा प्रधानमन्त्री बन्न नमानेको मान्छेलाई तानेर गठबन्धनका अन्य नेताहरुले प्रधानमन्त्री बनाएको सन्दर्भ यसबीचमा माटो हुँदै गएको छ । उहाँमा फिलिङ भने बहुमतको सरकार चलाएको पर्न गएको नेताहरुको बुझाई छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको सन्दर्भमा पनि पछिल्ला दिनमा त्यस्तै विश्लेषण गर्न थालिएको छ । न्यायपालिकाको हैसियत र भूमिकालाई बिर्सेर अघि बढेको कारण अहिलेको अप्ठेरो अवस्थामा परेको आरोप छ । न्यायालयभित्रको आन्तरिक टिम मिलाउन नसक्दा प्रधानन्यायाधीशको पदबाट हात धुनुपर्ने अवस्थामा पुर्याइएको छ ।

“प्रधानमन्त्री बन्न नमानेको मान्छेलाई तानेर गठबन्धनका अन्य नेताहरुले प्रधानमन्त्री बनाएको सन्दर्भ यसबीचमा माटो हुँदै गएको छ ।”

हुन तः राजनीतिक दलहरुमा पनि त्यहि आन्तरिक टिम मिलाउन नसकेको कारण नेताहरु सत्ता र पदच्युत हुनुपरेको देखिन्छ । अहिले यो समानता अदालततिर पनि देखिन थालेको छ ।

प्रधानमन्त्री देउवाले पनि आन्तरिक व्यवस्थापन मिलाउन नसकेमा सत्ता र पार्टीको नेतृत्वबाट जान बेर नलाग्ने विश्लेषण गरिएको छ । यो सबैको सार भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा दक्ष नेतृत्वको अभाव हो । नेतृत्वको सबैभन्दा ठूलो क्षमता भनेकै आफ्नो टिमलाई दुरुस्त राख्न सक्नु हुन्छ । सबैसँग आवश्यक परामर्श गरेर चल्नुपर्ने हुन्छ । बाहुबलको प्रदर्शन गर्नै परे पनि एकांकी रुपमा नगर्ने हुनुपर्छ । सामूहिक नेतृत्वको रुपमा अघि बढ्नुपर्नेमा राजाको शैलीमा सबै अघि बढ्दा मुलुकमा सर्वत्र डाँवाडोल भएको भान हुन्छ ।

“ठूला राजनीतिक दललाई ठेगान लगाएर माओवादीलाई ठोक्ने अनि आफू बलियो हुन्छु भन्ने योजनाले राजसंस्था नै सकिएको हो ।

एमाले निकट विश्लेषकरुका अनुसार एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो गाइडलाइन मानेर हिँड्नुभएको छ । तर कार्यशैलीमा मोदीको गाइडलाइन अवलम्बन गरेको देखिँदैन । भारतमा मोदीले कम्तिमा पार्टी अध्यक्ष भइसकेका राजनाथ सिंहलाई रक्षा मन्त्री बनाएर राखेका छन् । पूर्वअध्यक्ष अमित शाहलाई गृहमन्त्री बनाइएको छ । त्यसो गर्दा पनि सबै खुशी नै देखिन्छन् । त्यो भनेको नेतृत्वमा रहेको टिमस्पिरिट हो ।

यता,ओलीबाट त्यस्तो गरिएको देखिँदैन । पार्टीभित्र वरिष्ठलाई होइन,भुरालाई बटुलेर ‘एस म्यान’ बनाइएको छ । पहिले राजा ज्ञानेन्द्रले संख्या पुर्याउने नाममा ‘आउटडेटेड’ तुलसी गिरी र कीर्तिनिधि बिष्टलाई बटुलेका थिए ।

टिप्पणीहरू