३२ हजारबढी शिक्षकको विज्ञापन खुलाउने तयारी

३२ हजारबढी शिक्षकको विज्ञापन खुलाउने तयारी

मन्त्रिपरिषद्को हिजोको बैठकले शिक्षक सेवा आयोग ११ औं संशोधन नियमावली २०७८ स्वीकृत गरेपछि शिक्षकहरुको विज्ञापन खुलाउने मार्ग प्रशस्त भएको छ ।

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको संशोधन नियमावली स्वीकृत गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । यो निर्णयसँगै रिक्त शिक्षक दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुल्ने ढोका पनि खुलेको हो ।

आयोगले छ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । तर विभिन्न कारण देखाउँदै पारित हुन सकेको थिएन ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७, प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका १ हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण यसअघि नै बुझाइसकेको छ ।

टिप्पणीहरू