आज कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै, थप ११ ले ज्यान गुमाए

आज कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै, थप ११ ले ज्यान गुमाए

आज मुलुकभर ६ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ६ सय २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ११ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनामा पीसीआर तथा २ हजार २ सय ४९ जनामा एन्टिजेन गरी १२ हजार २० जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै १० हजार २ सय ९६ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ ।

टिप्पणीहरू