नायिका सुरक्षा पन्तले मनाङ पुगेर टाउको ठोकिन्

नायिका सुरक्षा पन्तले मनाङ पुगेर टाउको ठोकिन्

नायिका सुरक्षा पन्त अहिले मनाङमा छिन् । दशैं, तिहारलगायतका चाडबाड मान्न मनाङ पुगेकी उनले त्यहाँ नयाँ परिवार फेला पारेको बताएकी छन् । आफ्नो सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्दै हिजो उनले मनाङमा मित लगाएको जानकारी दिएकी छन् ।

नायिका पन्तले मनाङको नार पुगेर मित लगाएकी हुन् । नेपाली समाजमा मित लगाउँदा टाउको ठोक्ने प्रचलन रहेको भन्दै त्यसै गरिएको बुझिएको छ । पन्तले पनि फेसबुकमा मित लगाउँदाको छोटो भिडियो क्लिप सार्वजनिक गरेकी छन् ।

जसमा पन्त र उनकी मितिनीले टाउको ठोकाठोक गरेका छन् । पन्तले मितिनीको नाम भन्न र लेख्न नहुने भन्दै उनको नाम भने सार्वजनिक गरेकी छैनन् ।

धनपति, गोपी, घर, आमालगायतका समाजिक महत्व झल्काउने खालका कैयौं चलचित्रमा अभिनेत्री रहेकी पन्त यसअघि कपाल खौरेर समेत चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू