१४ न्यायाधीशलाई ओली र चोलेन्द्रको एउटै जवाफ

१४ न्यायाधीशलाई ओली र चोलेन्द्रको एउटै जवाफ

बिहानको छलफलबाट निकास ननिस्केपछि फेरि छुट्टै भेला भएर फेरि १४ भाइ न्यायाधीश प्रधानन्यायाधीशलाई भेट्न गएका छन् । उता न्यायालय विवादमा मौन रहेको प्रतिपक्षी नेकपा एमालेले अन्तत: मुख खोलेको छ । अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशलाई राजीनामा दिन सुझाव दिनुभएको छ ।

एमाले पालिका अधिवेशनको भर्चुअल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्ने संवैधानिक इजलासका पाँचै जना न्यायाधीशले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि ! तर,एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ ओलीको प्रश्न छ ।

परमादेश जारी गरेर आफू नेतृत्वको सरकार विस्थापित गर्न न्यायाधीशहरूको भूमिका रहेको दावी गर्दै उहाँले अहिले पोल खोलाखोल हुन थालेको पनि बताउनुभयो। ‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि ! तर,एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ ओलीको प्रश्न छ ।

अदालतलाई तमाशाको थलो नबनाउन जोड दिँदै ओलीले अदालत निर्विवाद र विश्वासिलो हुनुपर्ने पनि बताउनुभयो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले पनि प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताउनुभएको थियो । अन्यथा सडक र मिडियाले विषय उठाउँदैमा आफूले राजीनामा नदिने उहाँले अडान राख्नुभएको बताइएको छ ।

आफ्नो राजीनामा माग्न पुगेका १४ न्यायाधीशलाई जवाफ फर्काउँदै प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्गप्रशस्त गर्छु । होइन भने सडक र मिडियाबाट प्रश्न उठेकै भरमा राजीनामा दिँदै जाने हो भने न्यायपालिका रहँदैन ।’

टिप्पणीहरू