खोटाङमा दशैं सकियो, जुवातास सकिएन

खोटाङमा दशैं सकियो, जुवातास सकिएन

खोटाङमा जुवाडेहरु पक्रने क्रम नरोकिएकाले दशैं सकियो, जुवा सकिएन भन्न थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १, हस्पिटल चोकस्थित हरी जोशीको घरबाट पाँच जना जुवाडेलाई गए राति प्रहरीले पक्रेको छ ।

प्रहरीको फन्दामा परेकाहरुमा खोटाङ साकेला गाँउपालिका ५ का २७ वर्षीय हिराधन राई र २ का २२ वर्षीय सौरभ गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय वसन्त राई, ७ का ३८ वर्षीय टीकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोमबहादुर मगर हुन् ।

उनीहरु सबैलाई मध्यरातको १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुवाडेहरुको साथबाट एक बुक तास र ७१ हजार २० रुपैयाँ नगद पनि बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध कानुनबमोजिम कारबाही गर्न आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

टिप्पणीहरू