सल्यानमा तरकारी व्यापारीलाई खुकुरी तेर्साएर लुटियो

सल्यानमा तरकारी व्यापारीलाई खुकुरी तेर्साएर लुटियो

सल्यानमा एक जना तरकारी व्यापरीलाई लुटिएको छ । लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कपुरकोट गाउँपालिका–१, कालापातल भन्ने जंगलबाट ट्रक रोकेर व्यापारी सेरजा हलुवाईको नगद ३ लाख रुपैयाँ लुटिएको हो ।

उनको रा. १ ख २३९१ नम्बरको ट्रकको कागजपत्र, साँचो र मोबाइल समेत लुटेको अभियोगमा रोल्पा, सुलिचौरका ३० वर्षीय तिलक विकलाई हिजो प्रहरीले समातेको छ ।

नेपालगञ्जबाट तरकारी किन्न गएका तरकारी व्यापारी सेराज हलुवाइलाई तिलक लगायतका केही व्यक्तिले जंगलमा खुकुरी देखाइ ट्रक रोकेका थिए । त्यसपछि ट्रक समेत तोडफोड गरी सेरोजको साथमा रहेको नगद तथा ट्रकको कागजपत्र लुटिएको प्रहरीले बताएको छ ।

तिलक पक्राउ परेपनि लुटपाटमा संलग्न अन्य फरार सबैको खोजी गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू