पोखराको होटल ड्रिमल्याण्डमा महिलाहरुको यौन शोषण

पोखराको होटल ड्रिमल्याण्डमा महिलाहरुको यौन शोषण

पोखराको लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुको यौन शोषण गरिएको छ । होटलमा काम लगाइदिने प्रलोभनमा डर र त्रास देखाएर उनीहरुको यौन शोषण गरिएको हो ।

त्यसरी यौन शोषण गर्न लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७, बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्ट हुन् ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू