सर्वोच्चमा इजलास तोकियो, श्रीमानहरु प्रधान्यायाधीशलाई भेट्ने तयारीमा

सर्वोच्चमा इजलास तोकियो, श्रीमानहरु प्रधान्यायाधीशलाई भेट्ने तयारीमा

आइतबारदेखि इजलास बहिष्कार गरिरहेका सर्वोच्चका न्यायाधीशहरुका लागि आज पनि इजलास तोकिएको छ । प्रधानन्यायाधीशसँग वार वा पारको स्थितिमा रहेका भनिएका न्यायाधीशहरुका लागि उनै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आज आठ वटा इजलाश तोक्नुभएको हो ।

सात वटा संयुक्त र एउटा एकल तोकिएको छ । हिजो १३ जना न्यायाधीशहरु संयुक्त बैठकमा जुट्दा इजलास ठप्प भएको हो । आज १० नम्बरको बेञ्चमा एकल इजलास तोकिको छ ।

संयुक्त इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मलता माथेमा, मीरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयाल, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउत, टंकबहादुर मोक्तान र मनोजकुमार शर्मा तथा प्रकाश ढुंगना र कुमार चुडालको इजलास तोकिएको छ ।

न्यायाधीशहरुले आजको इजलास पनि बहिष्कार गर्ने अवस्था देखिएको छ । हिजो प्रधानन्यायाधीश राणाले डाक्नुभएको फूलकोर्ट र इजलास दुबै बहिष्कार गरेर उहाँहरु छलफलमा जुटनुभएको थियो । आज प्रधानन्यायाधीशसँगको छलफलबाट निकास नआएसम्म इजलासमा नबस्ने निष्कर्ष हिजै निकालिएको थियो ।

सर्वोच्चका एक जना न्यायाधीशले भर्खरै जनआस्थालाई दिनुभएको जानकारी अनुसार, अहिले साढे ११ बजे प्रधानन्यायाधीश राणासँग भेट्ने समय तय भएको छ । १३ जना न्यायाधीशले सामूहिक रुपमा भेटेर राणासँग मार्गप्रशस्तको आग्रह गरिनेछ ।

टिप्पणीहरू