एकातिर एमाले अधिवेशन, अर्कोतिर पूर्व भारतीय पूर्वराजदूतको कुदाकुद

एकातिर एमाले अधिवेशन, अर्कोतिर पूर्व भारतीय पूर्वराजदूतको कुदाकुद

आज एमालेले देशभर १० औं पालिका अधिवेशन गर्दैछ । काठमाडौं उपत्यकामा पालिका अधिवेशनको लागि विभिन्न स्थान तोकिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौ महानगर कमिटीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले राष्ट्रिय सभागृहमा बिहान साढे १० बजे उद्घाटन गर्ने एमालेले जनाएको छ ।

भक्तपुर नगर कमिटीको अधिवेशन बिहान ९ बजेदेखि सिध्दपोखरी पार्टी प्यालेसमा,चाँगुनारायण नगर कमिटी अधिवेशन ११ बजे विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा,सूर्य विनायक नगर कमिटीको दिउँसो १ बजे इम्पेरियल बैंक्वेट,सल्लाघारीमा र मध्यपुरथिमी नगर कमिटीको अधिवेशन दिउँसो ४ बजे शंखधर पार्टी प्यालेस,ठिमीमा हुने भएको छ ।

उता ललितपुर जिल्लामा महालक्ष्मी नगर कमिटीको अधिवेशन बिहान साढे १० बजे लुभु पार्टी प्यालेस लुभुमा, ललितपुर महानगरको ज्वागल, ललितपुरमा बिहान ११ बजे, गोदावरी नगरको फूलबारी पार्टी प्यालेस,झरुवारासीमा बिहान ११ बजे अधिवेशन हुँदैछ ।
त्यसैगरी बागमती गाउँपालिकाको अधिवेशन,छपेलीमा बिहान ११ बजे,महाँकाल गाउँपालिकाको कोप रिसोर्ट,गोटीखेलमा बिहान ११ बजे,कोन्ज्योसोम गाउँपालिका कमिटीको अधिवेशन बिहान ११ बजे दलचोकी सामुदायिक भवनमा राखिएको छ ।

काठमाडौं जिल्लामा भने चन्द्रागिरी नगर कमिटीको अधिवेशन सतुंगल पार्टी प्यालेसमा बिहान १० बजे, नागार्जुन नगर कमिटीको स्टार ब्याँक्वेट,स्वयम्भूमा बिहान १० बजे, दक्षिणकाली नगर कमिटीको फर्पिङ पार्टी प्यालेस कोछुटोलमा बिहान १० बजे राखिएको छ ।

त्यसैगरी कीर्तिपुर नगर कमिटीको अधिवेशन बाघभैरव बैंक्वेट, कीर्तिपुरमा बिहान १० बजे, तारकेश्वर नगरको कान्तिपुर एबी पार्टी प्यालेसमा बिहान १० बजे, टोखा नगर कमिटीको सद्भाव बैंक्वेट,टोखामा बिहान १० बजे, गोकर्णेश्वरको ड्रिम हाउस बैंक्वेट, जोरपाटीमा बिहान ११ बजे राखिएको छ ।

नेकपा (एमाले) कागेश्वरी मनोहरा नगर कमिटीको नगर अधिवेशन बिहान ११ बजे व्यञ्जन पार्टी प्यालेस,थलीमा,शंखरापुर नगर कमिटीको नगर अधिवेशन बिहान ११ बजेदेखि भक्ति बेम्बो कटेज महादेव स्थान,साँखुमा हुने छ ।

यता,नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीलगायतकालाई दिउँसो साढे ४ बजे सोल्टी होटलमा भेट्दै हुनुहुन्छ । हिजो त्यही होटलमा उहाँको विवादास्पद पुस्तकको समीक्षा गरिएको थियो ।

रञ्जित रे बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बस्नुभएको छ । अस्ति दिउँसो काठमाडौं आउनुभएका उहाँलाई नेपाली काँग्रेसका धेरैजसो नेताले भेट गर्नुभएको छ । रक्षामन्त्री मिनेन्द्र रिजालले पनि आइतबार दिउँसो भेट्नुभएको हो ।

उहाँको पुस्तकमा काँग्रेस उपसभापति तथा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको आईजीपी नियुक्तिका क्रममा त्यतिबेलाका राजदूत रेलाई पटक पटक सोधनी गरेको उल्लेख छ ।

टिप्पणीहरू