राजधानीमा घर फोर्ने र सुन किनबेच गर्ने समातिए

राजधानीमा घर फोर्ने र सुन किनबेच गर्ने समातिए

काठमाडौं उपत्यकाका घर, सहकारी संस्था तथा अन्य वित्तीय संस्थामा श्रृंखलाबद्ध चोरी गर्दै आएका तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ परेकाको साथबाट तत्काल ८३ ग्राम सुनका गहना र दुइ थान मोबाइल मात्र बरामद भएको छ ।

अरु चोरीका वस्तु र नगदबारे आवश्यक अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ । यसरी राजधानीमा नियमित रुपमा रातको समयमा चोरी गर्नेहरुमा कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र कपनको मिलनचोक बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का ३९ वर्षीय हरिप्रसाद रसाइली हुन् ।

प्रहरीले कमल र धनलालले चोरी गरेको सुन हरिप्रसादले खरिद गर्ने गरेको देखिएकाले उनलाई समेत पक्राउ गरेको बताएको छ । आवश्यक कारबाहीको लागि उनीहरु सबैलाई महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू