उमेर ढल्केकाले बेलैमा ध्यान पुर्याउनुपर्ने अमेरिकी विज्ञहरुको सल्लाह

उमेर ढल्केकाले बेलैमा ध्यान पुर्याउनुपर्ने अमेरिकी विज्ञहरुको सल्लाह

अमेरिकामा गरिएको हालैको एक अध्ययनमा ५१ प्रतिशतभन्दा बढि वृद्धवृद्धाहरु सिँढी वा भर्याङ चढ्दा लड्ने गरेको पाइएको छ । अमेरिकामा हरेक वर्ष २० हजार जनाको सिँढी चढ्ने क्रममा मृत्यु हुने गरेको तथ्य पनि अध्ययनको क्रममा फेला परेको हो ।

त्यसैले विज्ञहरुले ६५ वर्ष उमेर कटिसकेकाहरुलाई सकेसम्म सिँढी नचढ्न, तीब्र गतिमा शरिर नघुमाउन, नझुक्न, उभिएर प्यान्ट वा सुरुवाल नलगाउन र गह्रौं वस्तुहरू उठाउँदा नझुक्ने सल्लाह दिएका छन् ।

यस्तै वृद्ध अवस्थामा पुगेपछि खाना खाँदा अड्किने (गला लाग्ने), गलत तकियाको प्रयोगले घाँटी दुख्ने, गोडामा ऐंठन हुने तथा हातगोडा झमझमाउने जस्ता चार थरिका सामान्य समस्याहरू देखिने समेत बताइएको छ ।यस्ता समस्याबाट बच्न केही उपायसमेत दिइएको छ । खाना अड्किने समस्या भएमा टाउकोमाथि हात उठाउन सुझाव दिइएको छ । यसो गर्दा घाँटीमा अड्किएको खाना आफँै तल जान्छ ।

गलत तकियाको प्रयोगबाट भएको घाँटीको दुखाई कम गर्न खुट्टा माथि उठाएर आफ्ना हातका औंलाहरू तान्दै घडीको सुई घुम्ने दिशामा वा विपरीत दिशामा मसाज गरेमा दुखाई कम हुनेछ ।

यसैगरि देब्रे खुट्टामा ऐंठन महशुस भएमा दाहिने हात माथि उठाउने र दाहिने गोडामा अप्ठेरो महशुस भएमा देब्रे हात माथि उठाएर कम गर्न सकिने उपाय बताइएको छ ।

बायाँ गोडा झमझमाएमा आफ्नो सबै शक्ति प्रयोग गरेर दाहिने हत्केला घुमाउन र दाहिने गोडा झमझमएको बेलामा बायाँ हत्केला घुमाउन पनि सल्लाह दिइएको छ ।

टिप्पणीहरू