​बसन्तको विदेश बास, बेग्लै उल्लास

दशकभन्दा लामो समयदेखि निरन्तर प्रेमिल काव्य सिर्जनामा सक्रिय छन्, व्यापारिक पृष्ठभूमिका कवि÷गीतकार बसन्त चौधरी । यसचोटि फेरि अष्ट्रेलिया बस्ने नेपाली र हिन्दीभाषी समुदायमाझ गुञ्जिएका छन् । बसन्त कवितामा माया प्रेम मात्र खोज्दैनन्, देशप्रेमको न्यानो अंगालो पनि रोज्छन् । गीत अनि गजलमा उत्साह र उमंग मात्र होइन कि साहस र प्रेरणा थप्छन् । सिड्नीमा नेपालीमाझ उन्मुक्त गुञ्जिँदा दर्शकहरु रोमाञ्चित भएको क्षण अविष्मरणीय थियो ।

बसन्तले सुनाएका थिए, 
‘आधा उमेर आफ्नो सपना छरेको छु,
कुन्नि कति फलेको छु, कति झरेको छु ।
त्यसो त जीवनयात्रा मरुभूमिभैmँ थियो,
सपनामा चाँहि धेरै, खोला तरेको छु ।
अनगिन्ति सास त हो फेरेँ उमेरभरि
थाहा छैन, आपैmभित्र, कत्तिको मरेको छु ।
चाहनाको सुनामीभित्र डुब्दै गइरहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु ।
कस्तो छ क्षण यसमा म खै जिएको
तर मर्न निम्ति जिउने, बाचा गरेको छु ।’

गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए, ‘मन छुने साहित्यिक प्रस्तुतीले आनन्द दियो ।’ एनआरएनको अन्तर्राष्ट्रिय कार्यसमिति सदस्य बालचन्द्र भट्टराईले थपे, ‘समसामयिक विषयमा तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमै नौलो अनुभूति र स्वाद बाँडेको छ ।’

सिड्नीमा कविता वाचनपूर्व न्यूसाउथवेल्स राज्यका महाबाणिज्यदूत दीपक खड्काले बसन्तलाई खादा र मालाले स्वागत गरेका थिए ।
‘साताको साहित्य डट कम’ आयोजक रहेको उक्त काव्यिक कार्यक्रम कवि÷गीतकार चौधरीको १७ औं श्रृङ्खला थियो ।

टिप्पणीहरू