शेरबहादुर देउवा नै हाम्रो उम्मेदवारः एनपी सावद

शेरबहादुर देउवा नै हाम्रो उम्मेदवारः एनपी सावद

-शंकर श्रेष्ठ

धादिङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार रहने कांग्रेस नेता एनपी सावदले बताएका छन् । नयाँ जेनेरेशनका युवा नेताहरुले पाका नेताको ससक्त विकल्प दिन भन्दै सावदले सभापतिमा देउवालाई अघि बढाउने बताएका हुन् ।

सावद देउवाको खास मान्छेका रुपमा चिनिन्छन् । प्रेस युनियनले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सावदले भने–‘पुरानै नेताहरुको संयोजनमा युवाहरुले आफ्नो स्पेश खोजेको देखिन्छ । युवालाई निर्णयक तहमा लैजानु पर्छ । तर सभापतिको उम्मेदवार शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

‘कांग्रेसमा दुई खालका नेताहरु छन् । पाका र युवा नेता । आकांक्षा अरुको पनि छ । युवा नेताहरुले हामी नेतृत्व गर्छाै भन्नु पनि गलत होइन, युवाहरुलाई पदाधिकारीसम्म लगेर सभापतिको उम्मेदवार चाहिँ पाका र अनुभवी नै हुनुपर्छ’ उनले भने ।

देउवाकै प्यानलबाट आफ्नो पनि जिम्मेवार पदमा उम्मेदवारी दिने उनले बताए । उनी भन्छन्–‘१४औं महाधिवेशनको विषयमा बिमलेन्द्र निधि र मेरो नाम जोडेर मिडियामा आएको कुरामा सत्यता छैन । म सभापतिको उम्मेदवार होइन, जिम्मेवार पदमा चाहिँ मेरो उम्मेदवारी रहन्छ ।’

मातृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न सोमबार धादिङ आएका थिए ।

टिप्पणीहरू