साउदी अरेबियाद्वारा तेलमाथि लगातार बम प्रहार

साउदी अरेबियाद्वारा तेलमाथि लगातार बम प्रहार

साउदी अरेबियाले पछिल्ला केही दिनदेखि छिमेकी यमनमाथि लगातार बम प्रहार गरेको छ । उसले यमनको मारिब शहरमा बम आक्रमण गरेको बताइएको छ ।

साउदी सेनाले यमनका विद्रोहीहरुले कब्जा जमाएको मारिब शहरमा लगातार आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । आक्रमणबाट भएको क्षतिबारे स्वतन्त्र पुष्टि भएको छैन ।

यसअघि पनि उक्त शहरमा साउदी अरेबियाका सेनाले नियन्त्रण र हवाई तथा स्थलगत आक्रमण गरेर हुथी विद्रोहीहरुमाथि निशाना लगाएको थियो । यमनको उक्त शहर तेलको धनी मानिन्छ ।

आक्रमणमा साउदी सेनासँगै यमनको राष्ट्रिय सेनाको समेत साथ रहेको बताइएको छ । केही समयअघि साउदी सेनाले गरेको आक्रमणमा मारिब शहरमा मात्रै धेरैले ज्यान गुमाएका थिए ।

टिप्पणीहरू