भक्तपुरमा राष्ट्रिय परिचयपत्रको लागि १८ हजारको विवरण, थप संकलन हुँदै

भक्तपुरमा राष्ट्रिय परिचयपत्रको लागि १८ हजारको विवरण, थप संकलन हुँदै

भक्तपुरमा राष्ट्रिय परिचयपत्रको लागि हालसम्म १८ हजार जनाले विवरण बुझाएका छन् । चाँगुनारायण नगरपालिकाका नौ वटा वडा र सूर्यविनायक नगरपालिकाको १ देखि ४ नम्बर वडामा गरिएको विवरण संकलनमा उनीहरुले उक्त फाराम भरेका हुन् ।

यसैबीच सूर्यविनायक नगरपालिकाको ६ देखि १० नम्बर वडासम्म आजदेखि उक्त अभियान शुरु भएको छ । अभियानअन्तर्गत प्रत्येक वडामा ३ वा ४ वटा केन्द्र रहने छन् । एउटा केन्द्रमा एक जना कम्युटर अपरेटर, दुई छानबिन अधिकारी र एक जना सहयोगी रहने सहायक जिल्ला प्रमुख अधिकारी सीता परियारले जानकारी दिनुभएको छ ।

उहाँले भोलिदेखि भक्तपुर र मध्यपुरथिमी नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । ‘भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण तालिम गरेर कार्यस्थलमा खटाइ अभियान शुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुरथिमीमा अभियान शुरु गर्छौं,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्र नागरिकताभन्दा पनि प्रभावकारी हुने सरकारी अधिकारीहरुको दाबी छ । यसमा व्यक्तिको हातका दश ओटा औंला छाप, मासिक आम्दानी, तीन पुस्ताको विवरणलगायतका तथ्याङ्कसमावेश गरिएको छ ।

साथै नक्कली वा दोहोरो नबनोस् भन्नाको लागि परिचयपत्रमा आँखाको नानीको स्क्यान गर्ने व्यवस्था राखिएको भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नगरबासीलाई उक्त विवरण भर्न आह्वान समेत गरेको छ ।

टिप्पणीहरू