कोरोना संक्रमणबाट थप १३ जनाको निधन, ५ सय संक्रमणमुक्त

कोरोना संक्रमणबाट थप १३ जनाको निधन, ५ सय संक्रमणमुक्त

आज मुलुकभर ७ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय १ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज १३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार २ सय ८४ जनामा पीसीआर तथा २ हजार ५ सय ८० जनामा एन्टिजेन गरी १० हजार ८ सय ६४ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै १० हजार ३ सय ६० सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

टिप्पणीहरू