२० पाथी जाँड खाएको हात्तीले तीन वटा घर भत्कायो

२० पाथी जाँड खाएको हात्तीले तीन वटा घर भत्कायो

टन्न जाँड खाएर मातेको हात्तीले मकवानपुरमा तीन वटा घर भत्काएको छ । पर्सा राष्ट्रिय निकुन्जबाट बस्तीमा छिरेको जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिका–९, बलौटा टोलका तीनवटा घर भत्काएको हो । हात्तीले घरमा राखेको एक मुरी मकैको जाँड समेत खाएको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने बलौटा टोलका कमल गोपाली,ईश्वर कार्की र शान्ति लामाको घर भत्काएको मनहरी गाउँपालिका–९, का वडाध्यक्ष साधुराम अधिकारीले जानकारी दिनुभयो । जंगली हात्ती मातेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो ।

सो क्रममा तीनवटा घरको झ्याल ढोका भत्काएको र शान्ति लामाको घरमा राखिएको जाँड खाएर हात्ती जंगलतर्फ फर्किएको स्थानीयले बताए । हरेक वर्ष जाडो महिना शुरु हुने बेला मनहरी गाउँपालिका क्षेत्रमा पर्ने मध्यवर्ती क्षेत्र वरिपरी जंगली हात्तीले आतंक मच्चाउने गरेको छ ।

टिप्पणीहरू