भोलिदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा

भोलिदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा

काठमाडौंका आठ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज भोलिदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप लगाएकालाई भोलिदेखि दोस्रो डोज लगाउन लागिएको हो ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइने आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य कार्यालयका अनुसार महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाइने छ ।

ती अस्पतालहरुमा भोलि र पर्सि खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा बिहीबारसम्म खोप लगाइने छ । खोप लगाउन जानेले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय माध्यमबाट दर्ता गरेको प्रिन्ट वा फोटोसहितको कागजात साथमा लिएर जान स्वास्थ्य कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू