चीनले रोक्यो बेइजिङ म्याराथन

चीनले रोक्यो बेइजिङ म्याराथन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले बेइजिङ म्याराथनलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले चीनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएपछि उक्त प्रतियोगिता रोकिएको हो ।

चीनले हालसम्म ११ प्रान्तमा १ सय ३३ जनाभन्दा बढी नयाँ संक्रमित भेटिएको बताएको छ । ती सबै अत्यधिक संक्रमित क्षमताका डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको बताइएको छ ।

आगामी आइतबार हुन गइरहेको बेइजिङ म्याराथनमा करिब ३० हजार मानिस सहभागी हुने अपेक्षा राखिएको थियो । यो चीनको सबैभन्दा ठूलो स्थानीय प्रतियोगिता मध्येको एक हो ।

प्रतियोगिता आयोजकले भने कोरोना महामारी फैलिने जोखिमलाई ध्यानमा राखेर कार्यक्रम हाललाई रद्ध गरिएको बताएको छ । कोरोना संक्रमणको नियन्त्रणमा चीन सबैभन्दा सफल देखिएको छ । चीनले मुलुकमा संक्रमण थप फैलिन नदिन लगाएको विभिन्न प्रतिबन्ध यद्यपी कायम छ ।

टिप्पणीहरू