अगाडिको सवारीलाई उछिन्न खोज्दा बस गुल्टियो, ६५ जना घाइते

अगाडिको सवारीलाई उछिन्न खोज्दा बस गुल्टियो, ६५ जना घाइते

पाँचथरमा भएको बस दुर्घटनामा ६५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । अगाडिको सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब १० मिटर तल खसेको हो ।

दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथरसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गम्भीर घाइतेलाई थप उपचारको लागि बिर्तामोड पठाइएको छ । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।

टिप्पणीहरू