फाइजरको खोप आइपुग्यो, कसलाई लगाउने ?

फाइजरको खोप आइपुग्यो, कसलाई लगाउने ?

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर कम्पनीको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । आज बिहान कतार एअरवेजको उडानबाट खोप काठमाडौं आइपुगेको हो ।

अमेरिकाले पठाएको फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी बालबालिकालाई लगाइने बताइएको छ । फोक्सो, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायतका दीर्घरोगी बालबालिका यो खोपको प्राथमिकतामा रहेका छन् ।

सबै बालबालिकालाई एक लाख डोज खोप पर्याप्त नहुने भएकाले दीर्घरोग भएका बालबालिकालाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

यो खोप कात्तिक २८ गते आइतबारबाट लगाउने तयारी छ । यसअघि अमेरिकाले जुलाईमा १५ लाख ३० हजार डोज खोप नेपालमा पठाएको थियो । नेपालमा यसअघि नै कोरोनाविरुद्धको भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ । सबैभन्दा धेरै चिनियाँ भेरोसिल खोप लगाइएको छ ।

टिप्पणीहरू