राजीनामा र महाभियोगको सम्भावना कति ?

राजीनामा र महाभियोगको सम्भावना कति ?

पूर्व न्यायाधीश समाजको तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा मागिएको छ । कतिपयले महाभियोगको कुरो पनि उठाएका छन् । तर राजीनामा आउँछ वा आउँदैन प्रष्ट छैन ।

ठूला राजनीतिक दलहरुले महाभियोग लगाउलान् वा नलगाउलान् त्यो पनि अर्को कुरो भयो ।

पटकपटक आफ्नो निर्णय बदर गरी सत्ताच्युत गरिदिएको आक्रोशका वावजुद एमालेले महाभियोगप्रति त्यति धेरै रुचि देखाएको छैन । नेपाली काँग्रेस राणाको कारण चरम फाइदामा पुगेको पार्टी भएकाले त्यताबाट प्रस्ताव दर्ता हुने सम्भावना एक प्रतिशत पनि देखिँदैन । किनभने पाँच बर्षलाई सडकमा रहेको पार्टी उनैको कारण सत्तामा पुगेको छ ।

“राजीनामा माग्दा दिनेले दिएनन् भने उनैको इजलासमा बहस गर्न जाने कि नजाने भनेर पनि छलफल भएको बुझिएको छ ।”

बारले माग्ने राजीनामा कत्तिको परिपक्व निर्णय हुने हो,त्यो पनि चर्चाकै विषय बनेको छ । सर्वोच्च बारको हिजोको छलफलमा राजीनामा माग्नेबारे चर्चा भएको थियो । राजीनामा माग्दा दिनेले दिएनन् भने उनैको इजलासमा बहस गर्न जाने कि नजाने भनेर पनि छलफल भएको बुझिएको छ ।

त्यसबखत राजीनामा भनेको स्वेच्छाले दिने विषय भएको भन्दै बिषयान्तर गरिएको थियो । राजीनामाको शाब्दिक अर्थ नै राजी र नामाको सम्मिश्रण हो । व्यक्ति राजी वा खुशी भएपछि लेखेर दिइने निवेदन नै राजीनामा हो । राजीनामा नदिए नियुक्त गर्ने निकायले बर्खास्त गर्ने वा संवैधानिक अंगको हकमा महाभियोग लगाउने भन्ने अधिकार हुन्छ । तर त्यो सम्भावना तर्फ जान पनि कसैले मसक्क अाँटिसकेको देखिँदैन ।

“सत्ताच्युत गरिदिएको आक्रोशका वावजुद एमालेले महाभियोगप्रति त्यति धेरै रुचि देखाएको छैन । नेपाली काँग्रेस राणाको कारण चरम फाइदामा पुगेको पार्टी भएकाले त्यताबाट प्रस्ताव दर्ता हुने सम्भावना एक प्रतिशत पनि देखिँदैन ।”

एक जना न्यायाधीशले भने, ‘पूर्व न्यायाधीश समाजले स्पष्टसङ्ग राजीनामा माग्यो । अरुको हकमा कसले माग्यो भन्नेमै अन्योल छ । मिडियाले हो कि,बारले हो वा फुल कोर्टले माग्यो उहाँको राजीनामा ? क्लियर छैन । क्लियर नभएको विषयमा बोल्नुको अर्थ छैन । “,तर जे होस्,यो चानचुने विवाद होइन र यसको स्थायी समाधान यथाशीघ्र हुनु जरुरी छ नत्र ब्यवस्था नै थप बदनाम हुने डर छ ।

टिप्पणीहरू