विवादास्पद किताब लेख्ने भारतीय राजदूत काठमाण्डौ आइपुगे

विवादास्पद किताब लेख्ने भारतीय राजदूत काठमाण्डौ आइपुगे

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे हिजो दिउँसो काठमाडौं आइपुुगेका छन् । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका उनलाई भेट्न लगत्तै बहालरत मन्त्री तथा नेपाली काँग्रेसका नेता तथा सांसदहरु हिजो दिउँसोदेखि त्यहाँ पुगेका छन् ।

रे आउने बित्तिक्कै काँग्रेस नेता तथा सांसद अमरेश सिंहले भेटेको बताइन्छ । त्यसपछि रक्षामन्त्री मीनेन्द्र रिजालसङ्ग भेट भएको थियो । त्यसैगरी नेतृ सुजाता कोइराला र काङ्ग्रेसमा भर्खर पसेका राप्रपा नेता सुनिल थापाले समेत रेलाई हिजै भेटेका छन् ।

रेको काठमाडौं बसाई कतिञ्जेल हो भन्नेबारे कसैले पनि बताएका छैनन् । उनी कुुन प्रयोजनको लागि एकाएक नेपाल आएको भन्नेबारे काँगेस तथा सरकार निकट कसैले पनि भेउ पाएका छैनन् । यसवीच नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नयाँ दिल्ली जाने नेताहरुको लर्को बढेको छ ।

रेको अघिल्लो महिना प्रकाशित पुस्तक निकै विवादास्पद बनेको छ । उनको “काठमाडौं डिलेमा रिसेटिङ इण्डिया नेपाल टाइज” पुस्तकमा विवादास्पद कुरो लेखिएको काँग्रेसकै एकथरि नेताहरुले बताएका छन् । काँग्रेस उपसभापति तथा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका आइजी नियुक्तिको क्रममा त्यतिबेलाका भारतीय राजदूत रेलाई बारम्बार सोधेकोलगायतका विवादास्पद कुराहरु उनको पुस्तकमा छ ।

रेको उक्त भनाइलाई निधिले असत्य भनेर बताइसकेका छन् । अहिले उनै रे काठमाडौं उत्रिएका छन् भने निधि सभापतिको दौडमा रहेको भन्दै छुट्टै कार्यालय खोलेर प्रचारमा जुटेका छन् ।

टिप्पणीहरू