पूर्वमन्त्री कमरेडद्वारा महिला वडाध्यक्षको मानमर्दन

पूर्वमन्त्री कमरेडद्वारा महिला वडाध्यक्षको मानमर्दन

अस्ति शनिवार सम्पन्न एमाले वडा अधिवेशनमा एमाले नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले महिला वडाध्यक्षको मानमर्दन गरेको आरोप छ ।

काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये निर्वाचित एक मात्र महिला वडाध्यक्षको सातो लिने गरी श्रेष्ठले भाषण गरेपछि १४ नम्बर वडाकी वडाध्यक्ष शोभा सापकोटाले अधिवेशनस्थल छाडेकी हुन् ।उक्त वडामा श्रेष्ठले आफू अनुकूलको कमिटी गठन गर्न कोरम नपुर्याई अधिवेशन गराएको आरोप लागेको छ । २२ हजार मतदाता रहेको उक्त वडामा एमालेले सात सय जनालाई संगठित सदस्यता वितरण गरेको थियो । त्यसमध्ये यसपटक चार सय जनाले मात्र नवीकरण गरेका छन् ।

“१५ दिनअघि साधारण सदस्यता लिएकालाई पनि संगठित सदस्यको हैसियत दिएको समेत अर्को पक्षले आरोप लगाएको छ ।”

१५ दिनअघि साधारण सदस्यता लिएकालाई पनि संगठित सदस्यको हैसियत दिएको समेत अर्को पक्षले आरोप लगाएको छ । त्यति गर्दा पनि श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनस्थलमा जम्मा ५० जना संगठित सदस्यको उपस्थिति रहेको सहभागी एक जनाले बताएका छन् ।

उनले भने, ‘कृष्णगोपालले आफू अनुकूलको व्यक्ति राखेर हस्तक्षेप गरे । जबकि अधिवेशनको लागि सदस्यको ५० प्रतिशतभन्दा बढीको उपस्थिति हुनैपर्छ ।’

उता,बल्खुमा चार सय मतदाता रहेको सुकुम्बासी बस्तीबाट एमाले वडा अधिवेशनमा प्रतिनिधि चयन नगरिएको भन्दै असन्तुष्टि पोखिएको छ । उनीहरुले विगतमा श्रेष्ठलाई मतदान गरे पनि अब काँग्रेसमा प्रवेश गर्ने तयारी गरेको समेत बताइएको छ ।

एमालेको १४ नम्बर वडा कमिटीको अध्यक्षमा विनोद थापा,उपाध्यक्षमा राधाकुमारी श्रेष्ठ,सचिवमा रमेश खत्री,सहसचिवमा राम महर्जन, सहसचिवमा कल्याणी थापा मगर छन् । कमिटी ४३ सदस्यीय बनाइएको छ ।

टिप्पणीहरू