काठमाण्डौका रैथाने नेवारहरुको क्षेत्रबाट एमाले कमिटीमा को-को ?

नेकपा एमालेले शनिवार वडा अधिवेशन सम्पन्न गरेको छ । काठमाडौंमा भर्चुअल माध्यमबाट उद्घाटित अधिवेशनले वडा नम्बर ११, १२, १३ र १५ मा दुई दर्जनदेखि तीन दर्जनसम्म सदस्य रहेको कमिटी गठन गरेको छ ।

जसअनुसार ११ नम्बर कमिटीमा योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा ३४ सदस्य बनाइएको छ । जसको उपाध्यक्षमा सुशान्त श्रेष्ठ,सचिवमा सन्जिवमान सिंह डंगोल, सहसचिवमा अनिता दाहाल र प्रेमकुमार मगर छन् ।

त्यसैगरी काठमाडौ महानगरपालिका वडा नं. १२ को कमिटीमा एमालेले अध्यक्षमा विकास डंगोल, उपाध्यक्षमा रामशरण पोडे,सचिवमा अनिता महर्जन,सहसचिवमा सीता कारञ्जित र सुमन मानन्धरसहित २७ जनाको टिम बनाएको छ ।

एमालेले १३ नम्बर वडा कमिटीको अध्यक्षमा रामबाबु कोइरालालाई चयन गरेको छ । ३७ सदस्यीय कमिटीको उपाध्यक्षमा ध्रुवनारायण महर्जन,सचिवमा पुष्पनारायण महर्जन,सहसचिवमा रजनी महर्जन र शशीकला थापालाई चुनेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ को वडा कमिटी अध्यक्षमा दावा रुम्बा,उपाध्यक्षमा दिपकबाबु श्रेष्ठ,सचिवमा धिरज सापकोटा, सहसचिवमा सुनिता कायस्थ श्रेष्ठ र राम कपालीसहित ३४ जनालाई छानेको बताइएको छ ।

टिप्पणीहरू