त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गैँडाको खाग बिक्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गैँडाको खाग बिक्री

गैंडाको खाग बिक्रीको लागि ग्राहकसँग मोलतोल गरिरहेकाहरु प्रहरीको फन्दामा पुगेका छन् । प्रहरीको महानगरीय अपराध महाशखाबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न दुई जनालाई काठमाडौंको गैरीगाउँबाट समातेको हो ।

अस्ति समातिएका उनीहरुलाई आज आवश्यक अनुसन्धापछि जिल्ला वन कार्यालय, हात्तिसारमा पठाइएको छ । पक्राउ परेकामा स्वयम्भु बस्ने सोलुखुम्बुका १९ वर्षे तिलकबहादुर बस्नेत र तारकेश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङका २८ वर्षे दिपक गोतामे हुन् ।

टिप्पणीहरू