प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय

प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भोलिका लागि बोलाएको फूलकोर्ट बैठक सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीशइतर १४ जना न्यायाधीशको अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि नेपाल बार एशोसिएशनका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश राणाले भोलि साढे १ बजे फूलकोर्टको बैठक बोलाएर थप छलफल गर्ने बताउनुभएको थियो ।

त्यसलगत्तै सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई,दीपककुमार कार्की, हरिकृष्ण कार्की,मीरा खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू