आज संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी, ३ जनाले ज्यान गुमाए

आज संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी, ३ जनाले ज्यान गुमाए

आज मुलुकभर ५ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ८ सय ७७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्अनुसार ६ हजार ६१ जनामा पीसीआर तथा १ हजार ५ सय ६४ जनामा एन्टिजेन गरी ७ हजार ६ सय २५ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै १० हजार २ सय १ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ रहेको छ ।

टिप्पणीहरू