सर्वोच्चमा ३ दिने मन्त्रीको खोजी

सर्वोच्चमा ३ दिने मन्त्रीको खोजी

प्रधानन्यायाधीशसङ्गको भेटमा ३ दिने उध्योग मन्त्री गजेन्द्र हमालबारे बारका पदाधिकारीहरुले प्रश्न उठाएका छन् ।

जवाफमा राणाले हमाल नाताले आफ्नी जेठी श्रीमतीको सालो भए पनि ०४२ सालमै पत्नी दिवङ्गत भएपछि सो परिवारसँग आफ्नो खासै सम्बन्ध नरहेको जवाफ दिएको भेटमा सहभागी एक बार सदस्यले जानकारी दिए ।

उनका अनुसार प्रधानन्यायाधीशले गजेन्द्र हमाललाई आफ्नो कोटामा मन्त्री बनाउने गरी सरकारसँग भागबण्डा भने नखोजेको बताए ।

बिहान ११ बजे शुरु भई सवा एक बजेसम्म चलेको वार्तामा बारका तर्फबाट १५ सदस्य उपस्थित थिए ।

बारका पदाधिकारीसँगको भेट पछि भोलि नै फुल कोर्टको बैठक डाक्न राणा राजी भएका छन् ।

पर्सिदेखि नै गोलाप्रथाबाट पेशी तोक्नेसमेत तयारी शुरु भएको छ ।

टिप्पणीहरू