कर्मचारीमाथि भएको दुव्र्यवहारविरुद्ध मौन बिरोध

कर्मचारीमाथि भएको दुव्र्यवहारविरुद्ध मौन बिरोध

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहमाथि भएको दुव्र्यवहारविरुद्ध आज माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ ।

नेपाल इञ्जिनियर्स एशोसियसन पुल्चोक, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, एसइएएन, नेपाल इञ्जिनियर समाजको संयुक्त आयोजनामा कुशवाहलगायतका कर्मचारीमाथि भएको दुव्र्यवहारको मौनरुपमा बिरोध गरिएको बताइएको छ ।

नेपाल इञ्जिनियर्स एशोसियसन बाग्मती प्रदेशका अध्यक्ष इञ्जिनियर नन्दलाल बञ्जाडे, केन्द्रीय महासचिव छबिराज पोखरेल, नेपाल इञ्जिनियर समाजका अध्यक्ष देव नारायण यादव, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका अध्यक्ष उमेश थानीलगायतको उपस्थितिमा बिरोध गरिएको हो ।

मौन बिरोध र्याली माइतीघर मण्डलाबाट सुरू भई बबरमहल, बिजुलीबजार पुल हुँदै बानेश्वरस्थित एभरेष्ट होटल अगाडि गई कोणसभामा परिणत भएको हो । प्रदर्शनकारीहरुले इञ्जिजनियरको पेशामाथि दमन गर्न पाईंदैन, दोषीउपर कारबाही गर, इञ्जिनियरको सुरक्षा गर, इञ्जिनियर एकता जिन्दावाद, कर्मचारीको सुरक्षाको ग्यारेन्टी गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू