भक्तपुरमा सवारी दुर्घटना : एकको मृत्यु,अर्का सामान्य घाइते

भक्तपुरमा सवारी दुर्घटना : एकको मृत्यु,अर्का सामान्य घाइते

भक्तपुरमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ब्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल र चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गरेको प्र.नं. ३–०१–००३ क.५०६५ नम्बरको मिनी ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि रहेका सुरज तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भिर घाइते भएका २० वर्षका तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्तपाल मातीघरमा रिफर गरिएको र उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताउनुएको छ ।

गिरीका अनुसार हाल उनको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक भक्तपुर छालिङका १९ वर्षका महेश्वर खड्का उपचारपछि घर फर्केका छन् ।

मिनीट्रक चालक ३३ वर्षे लक्ष्मीप्रसाद दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटना हिजो भएको हो ।

टिप्पणीहरू